चन्द्रपुर,१३ असार । रौतहटको चन्द्रनिगाहपुरमा आजबाट किशोरी आत्मरक्षा तालिम सुरु भएको छ । चन्द्रपुर ४ मा रहेको दुर्गा माध्यमिक विद्यालयमा सुरु भएको सो तालिम सात दिन सम्म संचालन हुने छ । चन्द्रपुर नगरपालिकाको सहकार्य तथा शिक्षा तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशको आयोजनामा सुरु भएको तालिमको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय कुमार काफ्ले उद्धघाटन गरेका थिए ।
नेपाल सितोरियो कराँते संघ रौतहटको कवर्डहलमा सुरु भएको तालिमको उद्धघाटन समारोहमा दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण कार्की , नेपाल कराँते महासंघ मधेश प्रदेशका उपाध्यक्ष अशोक पहाडी ,नेपाल कराँते महासंघ रौतहटका उपाध्यक्ष बिष्णुलाल श्रेष्ठ ,सचिव अमित भोलन ,सितोरियो कराँते संघ रौतहटका सचिव भिम पहरी ,तेक्वादो संघ रौतहटका सचिव केशव खड्का लगाएको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल सितोरियो काराँते संघ रौतहटका उपाध्यक्ष भुमिलाल भोलनको सभाअध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here