मानवताको भावसहित साथी खोज्ने नैसर्गिक प्रवृत्तिले प्रेमको रचना भएको हुनुपर्छ । तर आज प्रेमको स्वरुप बदलिंदो छ । आधुनिक प्रेममा पुँजीवाद हाबी भएको छ । किनभने अहिले मानिसहरु उपभोक्तावाद र चरम पुँजीवादको चंगुलमा फसेका छन् । त्यसको बाछिटा प्रेम सम्बन्धमा पनि परेको छ । यसले प्रेमलाई भावविहीन र चेतनाविहीन बनाइदिएको छ ।
किनभने मान्छेलाई रातदिन पैसाको चासो छ । पैसाकै खाँचो छ । पैसाले सबै कुरा पाइन्छ भन्ने मनोविज्ञानले ग्रस्त छ मान्छे । प्रेम पनि पैसाकै तागतले किन्न सकिन्छ भन्ने भ्रम व्याप्त छ ।
कुनैबेला सिनेमामा देखाइने प्रेममा जात, धर्म, भूगोल, वर्गको कुनै सीमा हुँदैनथ्यो । त्यसैले यसलाई एक पवित्र बन्धनको रुपमा मान्छेले अर्थ लगाउँथे । तर आजको प्रेम कहाँ त्यस्तो छ र रु प्रेम पनि किनबेच हुने वस्तु भएको छ । वर्ग, सत्ता, जातले प्रेमलाई विभाजित गरेको छ । धनी र निर्धनबीच, कथित उच्च जात र तल्लो जातबीच प्रेम सम्बन्ध स्थापित हुन कठिन छ