गएको साता किसानले मूल्य नपाएर कालीमाटीमा गोलभेंडा फालेको समाचारले तरंगित बनायो। किसानले प्रतिकिलो २ रुपैयाँ पनि नपाएको गोलभेंडा उपभोक्तासम्म आइपुग्दा ४५ रुपैयाँ हुनगई मिहिनेत गर्नेले भन्दा स्रोत ९कालीमाटी, वित्तीय स्रोत र सरकारी निकाय० मा पहुँच हुनेले बढी नाफा कमाए भनेर हामी मौसमी रूपमा आन्दोलित भयौं। मौसमी किनकि यो प्रत्येक वर्ष दोहोरिने समस्या हो। केही समय पत्रकारले विषय उठाउने र आम मानिस डिजिटल रूपमा उठ्ने लगभग परिपाटी नै बनिसक्यो। सरकार र उपभोक्ता महासंघले पनि यो सन्दर्भमा नियम बनाउने, अध्ययन गर्ने र प्रतिवेदन तयार गर्ने परिपाटी पनि मौसमी नियमानुसार चलिरहेकै हुन्छ।