
व्यस्तता र तनावले भरिएको जीवनशैलीको चपेटामा धेरै पर्नुभएको छ। उहाँहरु आज न केवल स्वस्थ्य दिनचर्याको खोजीमा हुनुहुन्छ अपितु रोगग्रस्त भएर स्वस्थ्य संस्थाहरुमा कष्टकर चक्कर काट्न पनि बाध्य हुनुहुन्छ। जीवनलाई स्वस्थ बनाउन छ भने जीवनशैली स्वस्थ हुनैपर्छ। स्वस्थ जीवनशैलीका लागि स्वस्थ दिनचर्या अपरिहार्य छ। जीवनशैली स्वस्थ बनाउन चाहनेहरुका लागि निम्न लिखित स्वस्थ सुत्रहरु उपयोगी हुन सक्छन्।