रुपेन्द्र पटेल
रौतहट, ३१ असार । निर्माण व्यवसायीहरुले समयमा नै भुक्तानी नदिएको भन्दै आईतबार डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरमा घेराउ गरी तालाबन्दी गरेका छन् । कार्यालयको मुलगेटमा गरिएको तालाबन्दीका कारण कार्यालयको कामकाज प्रभावित भएको छ । असार मसान्त सम्म गरिएको कामको बिल कार्यालयमा पुगिसकेको भएपनि हालसम्म भुतmानी रकम नपाएको भन्दै निर्माण व्यवसायि संघ रौतहटको अगुवाईमा तालाबन्दी सहित धर्नाको कार्यक्रम गरिएको हो । रौतहट र सर्लाहीका करिव ५० भन्दा बढि निर्माण व्यवसायीहरुको अनुमानित रु. २७ करोड भन्दा बढि भुतmानी रोकिएको संघका अध्यक्ष कृष्णदेव यादवले बताए । उनका अनुसार राजदेवी , सगुन, ढुकुची, आरके लगायतका निर्माण सेवा प्रालीले गरेका कामको भुतmानी रोकिएको छ । असार मसान्तमा कार्यालयले भुतmानी दिने आश्वसन दिएपनि अन्तिम समयमा नहुने जनाएपछि बाध्य भएर विरोधमा उत्रिनु परेको उनको भनाई छ । आफुहरुको मागको सुनुवाई नभएमा थप आन्दोलनका कार्यक्रम गर्ने र कार्यालय संचालन हुन नदिने उनले जानकारी दिए । कार्यालयको आदेश अनुसार नै निर्माण कम्पनीले काम गरेकाले भुतmानीमा विलम्व गर्नु सडक कार्यालयका कर्मचारीकै लापरवाहि भएको संघका अध्यक्ष यादवले बताए । रौतहट र सर्लाहीमा बन्दै गरेको सडक , पुल , कालोपत्रे लगायतका संरचनाको निर्माण कम्पनीले भुतmानीको माग गर्दै डिभिजन सडक कार्यलयमा विल सहितका आवश्यक कागजपत्र बुझाईसकेका छन् । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रशासन शाखा प्रमुख रुपलाल यादवका अनुसार निर्माण व्यवसायिहरुले समयमा नै बिल पेश गरेका छन् । तर अर्थ मन्त्रालय र सम्वन्धित विभागिय मन्त्रालयबाट समयमा नै निर्माण व्यवसायीको रकम नपठाउँदा भुतmानी नभएको उनले बताए । भुतmानीका लागि कार्यालयले पहल गरिरहेको उनको भनाई छ ।