रौतहट,१३ साउन । जिल्लाको देवाही गोनाही नगरपालिकाले एक बर्ष नास्तामा मात्र २२ लाख खर्च गरेको छ । देवाहि गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह लगाएतका जनप्रतिनिधिले एक बर्षमा नास्तामा मात्र २२ लाख खर्च गरेको भन्दै सामाजिक संजालमा चर्को बिरोध भएको छ । नगरपालिकाको सम्पत्ति मनोमानी खर्च गर्ने मेयर साह सहितका जनप्रतिनिधि माथि कडा कर्वाही हुनुपर्ने स्थानीय बासिन्दा तथा नेकपा एमालेका नेता रुपेश पटेलले बताए ।