चन्द्रपुर,१७ साउन । रौतहटको वनमा बाघको संख्या बढेसंगै बाघ गाउमै छिर्न थालेको छ । चन्द्रपुर ४ स्थित गैडाटार जाने बाटो छेउमा रहेको खाने पानी ट्यागंकी नजिकै रहेको गाउमै बाघ छिरेपछि स्थानीय त्रसित बनेका छन । जन चाहना सामुदायिक वन छेउमा रहेको भगवती बजगाईको घर बाहिर बाधेर राखेको कुकुर मंगलबार राति बाधले लगेपछि स्थानीय त्रिसत बनेकाछन । पछिल्लो समय रौतहटको वनमा बाघको संख्या बढेको डिभिजन वन कार्यलय रौतहटका प्रमुख सुनिल कर्णले बताए ।