रौतहट,२३ साउन । हिजोबाट परेको पानीका कारण रौतहटबाट बग्ने खोलाहरुमा पानीको बहाव बढेको छ । बागमती खोलामा आएको बाढीले चन्द्रपुर १ मा रहेको नुनथर क्षेत्रका केही घरमा पसेको छ । नुनथर स्थित बगमती छेउमा पसल थाप्नका लागि बनाईएका घरमा बाढी पसेको हो । बागमतीको बहाव बढेको स्थानीय बासिन्दा गोपाल घिमिरेले बताए । चाँदी र बकैया खोलामा समेत पानीको बहाव बढदै जान थालेको छ । स्थानीय प्रशासनले ती खोलाहरुको तल्लो भेगमा बसोवार गर्नेहरुलाई सचेत रहन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here