काठमाडौँ । आगामी साउन ३२ गते बिहीबार क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको पेसी तोकिएको छ । अन्तिम सुनुवाइ भनिएको उक्त पेसीमा कुनै फेरबदल नआए सोही दिन लामिछानेको मुद्दाको किनारा लाग्नेछ ।
तर काठमाडौँ जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुन अगाडि नै नेपाल क्रिकेट सङ्घले एसिया कप खेल्ने १७ सदस्यीय टोलीमा सन्दीपको नामसमेत समावेश गरिसकेको छ ।