स्थ्यलाई फाइदा

फ्लेवोनोइडले विभिन्न प्रकारका स्वास्थ्य लाभ प्रदान गर्छ भन्ने गरिन्छ । यसले मुटुरोग, मधुमेह र अन्य रोगलाई रोक्न मद्दत गर्छ । फ्लेवोनोइड्सले एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ । यसले शरीरको फ्री रेडिकल्सको असरलाई कम गर्न मद्दत गर्छ । यी फ्री रेडिकल्सले तन्तुलाई खराब बनाउन सक्छ र यसले थुप्रै गम्भीर रोग निम्तिन सक्छ । थुप्रै अनुसन्धानमा के पाइएको छ भने फ्लेवोनोइड्सले हाम्रो मस्तिष्कको कोशिकाको रक्षा गर्न सक्छ र मस्तिष्कको स्वास्थ्यलाई वृद्धि गर्न सक्छ । फ्लेवोनोइड्सयुक्त खाना खाँदा टाइप टु मधुमेहको खतरालाई कम गर्न सक्छ । प्रतिदिन ३०० मिलिग्राम फ्लेवोनोइड खाँदा मधुमेहको खतरालाई पाँच प्रतिशतसम्म कम गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here