रौतहट,३ भदौ । नेपाल सितोरियो कराते संघ मधेश प्रदेशको प्रथम अधिवेसनबाट रामचन्द्र ठाकुर अध्यक्षमा निर्वाचित भएकाछन् । सिराहाको मिर्चैयामा सम्पन्न भएको अधिवेसनबाट उपाध्यक्षमा जिवछ भगत , बाबुकाजि खड्का र श्रीराम साह कानु निर्वाचित भएका हुन । सचिवमा कसम लामा ,कोषाध्यक्ष हेम कुमार हेन्जन ,सह सचिव ,रोशनलाल कर्ण र
सदस्यहरुमा अरुण राई ,बिरेन्द्रलाल कर्ण,शंकर बहादुर राज लवट,बिष्णु कुमार साह,एम पूर्वाछाने , प्रधुमन सिंह , इन्द्रसागर गुप्ता ,सरला रखाल , अमित भोलन,राजु साह सोनार र निश्चल सिंह निर्वाचित भएको निर्वाचन अधिकृत राजेश कुमार गुप्ताले जानकारी दिए । नेपाल कराँते महासंघका महासचिव तथा नेपाल सितोरियो कराँते संघका अध्यक्ष धावा गुरुङको उपस्थिमा नेपाल सितोरियो कराँते संघ मधेश प्रदेशको प्रथम अधिवेसन सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here