वीरगन्ज,८ भदौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशमा गणतन्त्र घोषणा भएको १५ वर्ष भएपनि त्यसलाई संस्थागत गर्न नसकिएको बताएका छन ।
उनले पटक पटकको आन्दोलनबाट जनताले पाएको उपलब्धी संघीयता बिरोधी शक्तिहरु सिधाउने षडयन्त्र गर्दै आएको बताए ।
समाजवादी मोर्चाले आयोजना सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै मधेश आन्दोलनले जनताको पाएको हक अधिकार खोस्ने काम भए सह्य नहुने ठोकुवा गरे ।
अध्यक्ष यादवले मधेश केन्द्रित दलले संबिधानमा असहमति जनाएको बताउँदै संबिधान लागु भएको ८ वर्षमा संघीयतालाई कार्यान्वयन गर्नका लागि ८ वटा कानून पनि बन्न नसकेको बताए ।
उनले प्रदेशमा सरकार त छ तर आफनो भएपनि शासन र प्रशासन चलाउने कुनै अधिकार नभएको बताए ।
उनले प्रदेशमा मधेशमा सरकार रहेको तर प्रहरी समाजोनको ऐन नबन्दा उपलब्धी मुलक काम हुन सकेको छैन ।
जसपा अध्यक्ष यादवले मुलुकमा संघीयता बिरोधीशक्तिहरु बढदै गएकोमा चिन्ता समेत ब्यक्त गर्दै उत्पीडनबाट मुक्त समाजको निर्माण नगरि समाजवादको निर्माण नहुने बताए । यो दिशामा अगाडि बढ्नका लागि समाजवादी मोर्चाको निर्माण भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here