चन्द्रपुर,१० भदौ । चन्द्रपुर ४ मा अवस्थित नवविकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा अन्र्तगत चन्द्रपुर ४ इकाइको सभा सम्पन्न भएको छ । २ हजार भन्दा बढि सेयर सदस्य भएका सहकारीहरुले एकैपटक साधारण सभा नगरेर विभिन्न इकाइमा गर्ने निति अनुरुप सो संस्थाले आजबाट विभिन्न इकाइकोे साधारण सभा सुरु गरेको संस्थाका कोषाध्यक्ष दिनेश मैनालीले बताए । संस्थाका सचिव राजेन्द्र तिवारीको अध्यक्षतामा सम्पन्न सो सभाको प्र्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख शेख नसरे आलम रहेका थिए ।
सभामा सचिव तिवारीले नव विकास मधेस प्रदेशकै उत्कृष्ट सहकारी घोषित भइसकेको अवस्थामा अब एसियाकै सहकारीहरुको सूचिमा सूचिकृत हुने तयारी गरिरहेको बताए । उनले नेफ्सकुनको पुर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम सहभागी भइ देश भरीका करीब १४ हजार बचत तथा ऋण सहकारी संस्थाहरू मध्ये नेफ्स्कुनमा आबद्ध ३ हजार ५ सय बचत तथा ऋण सहकारी संस्थाहरू बीच आफ्नो उत्कृष्ट ब्याबसायीकता तथा सुशासनको कारणले पुर्ण तथा ब्यावसायीक साकोस विकास कार्यक्रम प्रोबेसन ब्राण्ड २०७५ प्राप्त गरी २०७६ र २०७७ र २०७९ माब्राण्ड नवीकरण गर्न सफल भएको जानकारी दिए । उनका अनुसार २०७९ सालमा प्रोवेशन व्राण्ड प्राप्त गर्ने जम्मा ८ वटा साकोस मध्ये नव विकास साकोसले पनि नवीकरण गर्न सफल भएको हो ।
सभामा बोल्दै संस्थाका अध्यक्ष देबबहादुर सापकोटाले संस्था स्थापनाको प्रारम्भदेखिनै सहकारीको स्थायित्व र सफलताको लागि अन्य आवश्यक विषेशताका रूपमा एकता सहभागिता, मितव्ययिता र पारदर्शीता अवलम्बन गरिएको तथा “एकका लागि सबै, सबैका लागि एक “ भन्ने सहकारीको मुल भावानालाई आत्मसात गर्दै आएका कारण यो संस्थाले दिनानुदिन, समुदायको विश्वास नियतामा वृद्धि गर्दै संस्था अग्रगतिमा रहेको बताए । सभामा सञ्चालक समितिको तर्फबाट आ.व. २०७९ ÷ २०८० को प्रगति प्रतिवेदन तथा आ.व. २०८० २०८१ को प्रस्तावित नीति तथा कार्यक्रमहरू सम्बन्धमा, सञ्चालक समितिको तर्फबाट कोषाध्यक्षको आ.व. २०७९ ÷ २०८० को प्रगति प्रतिवेदन तथा आ.व. २०८० ÷ २०८१ को प्रस्तावित बजेट तथा कार्यक्रमहरू , आ.व. २०७९ ÷ २०८० को वार्षिक लेखा परीक्षण प्रतिवेदन , लेखा समितिको आ.व. २०७९÷८० को प्रतिवेदन , प्रस्तावित कोष विभाजन, लाभांश वितरण, शिवअ संरक्षित पुँजी फिर्ता कोष वितरण एवं अन्य समुह कोषहरू सम्बन्धमा, विनियम संशोसधन सम्बन्धमा, आन्तरिक नीति, निर्देशिका तथा कार्यविधि संशोधन कार्याल एवं पारित गर्ने सम्बन्धमा , आ.व. २०८० ÷ २०८१ लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा , प्रमुख व्यवस्थापकको पारिश्रमिक लगायतका सुविधा तोक्ने सम्बन्धमा , बाह्य दायित्व ÷ ऋण स्वीकार गर्ने सम्बन्धमा , खर्च अनुमोदन तथा बजेट स्थानान्तरण सम्बन्धमा , साधारण सभा माइनट प्रमाणित गर्ने सम्बन्धमा, भवन निर्माण सम्बन्धमालगायतका प्रस्तावहरु पेश भइ सर्वसहमतले पारित भएको युवा उपसमितिका संयोजक कुल शेखर पहाडीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here