काठमाडौं । गर्भावस्था खुसीसँगै तनावको समय पनि हो । पेटमा हुर्किरहेको शिशुको प्रतीक्षाले मनलाई जति रोमाञ्चित बनाउँछ, सँगै शिशुको स्वास्थ्य कस्तो होला भनेर तनाव पनि भइरहेको हुन्छ ।

सबै गर्भवती महिलालाई देखिने तनाव एकै खालको हुँदैन । कुन अस्पताल वा स्वास्थ्यचौकीमा जाँच गराउने, कसलाई जँचाउने, डेलिभरी कसरी हुन्छ रु शिशु सुरक्षित हुन्छ कि हुँदैन रु बच्चा जन्मिंदा स्वास्थ्य अवस्था कस्तो होला रु डेलिभरी सामान्य तवरले हुन्छ कि शल्यक्रिया गर्नुपर्ने हुन्छ रु बच्चालाई केही समस्या देखिन्छ कि रु गर्भ खेर जान्छ कि भन्ने अनेक तनावले गर्भवती महिलालाई घेरिरहेको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here