स्टेजमा सबैभन्दा ऊर्जावान् कलाकार बारे कुरा गर्नुपर्दा जोसेफिन बेकरको नाम शीर्ष स्थानमा आउँछ । जोसेफिन आफ्नो जमानाको सर्वाधिक धनी अश्वेत महिला थिइन् । यति धनी कि उनले आफ्नो बङ्गलामा चितुवा पालेकी थिइन्, जसलाई उनले हिरा जडित पट्टाले बाँध्ने गर्थिन् । उनले आफ्नो घरपालुवा चितुवासँग स्टेजमा आफ्नो प्रस्तुति दिन्थिन् । उनी मञ्चमा जति बेलासम्म बस्थिन्, चितुवा पनि सँगै बसिरहन्थ्यो ।