चन्द्रपुर,१३ भदौ ।
डिभिजन वन कार्यालय रौतहटमा कार्यरत रहेका एकजना सहायक वन अधिकृतका कारण जिल्लाको जुडिबेला सव डिभिजन वन कार्यालय र बागमती सव डिभिजन वन कार्यालय मातहतका सामुदायीक वन उपभोक्ता मारमा परेका छन् ।
आफुलाई राजनैतिक संरक्षण रहेको बताउने सुरेश महतोका कारण डिभिजन वन कार्यालय रौतहटमा कार्यरत रहेका कर्मचारी समेत आजित बनेकाछन् ।
जिल्लामा सबैभन्दा धेरै सामुदायीक वन उपभोक्ता समिति रहेको जुडिबेला र पौराईका सामुदायीक वनका उपभोक्ता समेत आजित बनेकाछन् ।
बिगत लामो समय देखी जुडिेबला र पौराईबाट गाडीमै हुने काठ तस्करीमा संलग्न रहँदै आएको आरोप लागेका महतोलाई डिभिजन वन कार्यालयले समेत कार्वाही गर्न सकेको छैन् ।
जुडिबेला र बागमती रहेका सामुदायीक वनको सिफारिस ,लगत प्रमाणित ,बिक्रि सहमती लगाएतका काममा सिफारि तथा हस्ताक्षर गर्नकै लागि महतोले माटो रकम माग्ने गरेको एक सामुदायीक वन उपभोक्ता समितिका अध्यक्षले तराई एक्सप्रेसलाई बताए । सामुदायीक वन उपभोक्ता समितिको गतिबिधिमा सुरेश महतोले असहयोग गर्ने गरेकाले उनलाई त्यहाँबाट तत्काल सरुवा गर्नुपर्ने माग स्थानीयको रहेको छ ।
केन्द्र सरकार र प्रदेश सरकारमा आफ्ना मान्छे रहेको र आफुलाई कसैले केही गर्न नसक्ने भन्दै डिभिजन वन कार्यालय रौतहटका कर्मचारीलाईनै महतोले टेरपुच्छर नलगाउने गरेको एक वन कर्मचारीले बताए ।
सब डिभिजन वन कार्यालय जुडिबेलाका अधिकृत सुरेश महतोले ९० हजार लिएर गएको २०७९ कात्तिक ७ गते चन्द्रपुर–२ जुडिबेलाबाट पुरानो घरको काठ ना २ ख ८७१७ नम्बरको ट्रकमा अन्यन्त्र लैजान मौखिक अनुमति दिए पनि सो काठ ट्रक डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको थियो ।
तत्कालिन समयमा घुस लिएर काठ लोड ट्रक जान दिने सहमती दिएका महतोका कारण चन्द्रपुर ८ का ट्रक मालिक को रोजिरोटीनै गुमेको थियो ।
सो समयमा उनले घुस लिएको अस्वीकार गरे पनि घुस रकम फिर्ता लिन आउने डरले उनी करिव २ महिना कार्यालयनै आउन छाडेका थिए ।
त्यती मात्र नभएर महतोले सामुदायीक वनमा घाटगद्धी गरेर राखेको काठ साना चारचक्के गाडीमा तस्करी गराउन सहयोग गरेको आरोप समेत लाग्दै आएको भएपनि उनीमाथि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले कुनै कार्वाही प्रक्रियानै अगाडी बढान सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here