गरुडा,१४ भदौ ।
वाग्मती नदीमा नुहाउँदै टिकटक बनाउन गएका एक युवक मंगलबार दिउँसो बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रौतहटको माधवनारायण नगरपालिका–४ मानपुर माईदिया गाउँका सोगारत पासवानका २३ वर्षीय छोरा सुनिल पासवान छन् । नदीमा नुहाउन तीन जना गएका थिए । दुई जना सकुशल छन् । बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी उमाशंकर यादवले खोजी जारी भए पनि फेला नपरेको बताए । खोजीमा सशस्त्र र नेपाल प्रहरीको टोली खटिएको छ । प्रहरीका अनुसार सुनिलसँगै उनका बहिनीज्वाइँ पवनकुमार पासवान र १२ वर्षीय सुदीपकुमार पासवान थिए । नदी नियन्त्रणका लागी बनाइएको स्पर नजिक पवन र सुनिल पौडी खेल्दै टिकटक बनाउदै थिए भने १२ वर्षीय सुदीप कम पानी भएको स्थानमा नुहाइरहेका थिए । स्परको गहिरो छालमा परेर पवन अचानक डुब्न थालेपछि सुनिलले उद्धार गरेर बाहिर ल्याएका थिए । तर, सुनिललाई त्यही बेला छालले बगाएर बेपत्ता पारेको प्रहरीले जनाएको छ । टिकटक बनाउने क्रममा पानीको छालले लैजान्छ भन्ने दुवैलाई हेक्का नभएको प्रहरीको भनाइ छ ।
बेपक्ता पासवानको शव बुधबार दिउसो सम्म फेला नपरेको जिल्ला प्हरी कार्यालय रौतहटले जनाएको छ ।
सुरक्षाकर्मीहरुले बुधबार दिनभरी उनको खोजी गरेको भएपनि उनको शव साँझ सम्म फेला पर्न नसकेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here