चन्द्रपुर,१४ भदौ ।
बृक्षारोपणको नाममा डिभिजन वन कार्यालय रौतहट मार्फत करोडौ रकम बालुवामा पानी हाले बराबर हुने गरेको छ ।
जिल्लाका बिभिन्न सव डिभिजन कार्यालयका प्रमुख मार्फत हुने बृक्षारोपण बालुवामा पानी हाले बारबर भएको स्थानीय बासिन्दाले बताएकाछन् । जिल्लाको बागमतीमा रहेको दोभान सामुदायीक वनमा १५ लाखको लागतमा सहायक वन अधिकृत सुरेश महतोले गरेको बृक्षरोपणमा यतीबेला एउटा पनि बिरुवा देख्न अवस्थामा नरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
गत साउन महिनामा करिव १० हेक्टर जमिनमा दोभान सामुदायीक वनको बागमती बगरमा गरिएको बृक्षारोप यतीबेला उजाड बनेको छ ।
स्थानीयका अनुसार अहिले सो स्थानमा एउटा पनि बिरुवा देखिदैन । बगमती सव डिभिजन वन कार्यालय बागमतीका सहायक वन अधिकृत सुरेश महतोले बागमती बगरमा जानी जानी बृक्षारोपण गरे जस्तो गरेर लाखौ रकम स्वाह पारेको स्थानीइय बासिन्दाले तराई एक्सप्रेसलाई बताएकाछन् ।
उता गत बर्ष चन्द्रपुर नगरपालिका ७ नयाँ बस्तिमा गरिएको बृक्षारोपणमा समेत कुनै बिरुवा नरहेको स्थानीयले बताएकाछन् । बगमतीमा भने महतोले कमाउनकै लागि जानी जानी बिरुवा रोप्ने नाममा राखौ रकम कमाएको एक स्थानीयले बताए ।