चन्द्रपुर,१७ भदौ ।नव विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रपुरको १५ औ बार्षिक साधरण सभा सम्पन्न भएको छ । सो साधरण सभा शनिवार चन्द्रपुर ४ स्थित संस्थाको भवनमा भएको हो । नव विकास बचत तथा ऋण सहकारी संस्था कोषाध्यक्ष दिनेश मैनालीले आय÷व्याय प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार संस्थाको सम्पती विवरणमा नगद मौज्दात , बैक मौज्दात , लगानी हिसाव, ऋण लगानी, पाउनु पर्ने हिसाव, सम्पती सामन र कुल खर्च गरी ३६ करोड ६ लाख ४४ हजार ७८ रहेको रहेको छ । दायित्व बितरण अन्तर्गत सेयर पुजी, कोष पुजी, बचत (हिसाव) , वाह्य ऋण, भुतmानी दिनु पर्ने, अन्य दायित्व र कुल आम्दानी गरी ३६ करोड ६ लाख ४४ हजार ७९ रहेको जनाएको छ । कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघकी अध्यक्ष देवकी नेपालको प्रमुख अतिथ्यता रहेको थियो । सो कार्यक्रममा संकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विभु पोखरेल, नव विकास बचत तथा ऋण सहकारी संस्थाका सल्लहकार डा. शालिग्राम उपाध्याय, स्वास्तीक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्र राना, चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बासु अधिकारी, एकिकृत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण खड्का, शान्ति नगर बचत तथा ऋण सहकारी संस्थाकी कल्पना दाहाल लगायतको आतिथ्यता रहेको थियो । नव विकास बचत तथा ऋण सहकारी संस्थाका सचिव राजु तिवारीले संञ्चालन गर्नुभएको सो कार्यक्रमको अध्यक्षता भने संस्थाका अध्यक्ष देव वहादुर सापकोटाले गर्नुभएको थियो । सो साधरण सभामा चन्द्रनिगाहपुर सरकारी अस्पतालका डा. अभिनन्दन श्रीवास्तव तथा संचारकर्मी अशोक कुमार पहाडीलाई सम्मान गरिएको थियो । सो सहकारी संस्थामा महिला १८ सय २२ र पुरुष १३ सय ७५ गरी ३१ सय ९७ सेयर सदस्य रहेको जनाईएको छ ।