गौर,१८ भदौ । विभिन्न पार्टी परित्याग गरेर सयौ जनमत पार्टीमा प्रवेस गरेका छन । आज रौतहटको सदरमुकाम गौरमा आयोजित बृहत् पार्टी प्रवेस कार्यक्रममा लोसपा नेता देबेन्द्र मिश्र ,जसपाका नेता शेख जम्सैद लगाएतका विभिन्न पार्टी पिरत्याग गरेर जनमत पार्टीमा प्रवेस गरेका छन । विभिन्न पार्टी छाडेर जनमत पार्टीमा प्रवेश गरेकाहरुलाई जनमत पार्टीका अध्यक्ष तथा संसद सिके राउतले टीका र माला लगाएर पार्टीमा भित्राएका थिए । गौरमा आयोजित पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्दे अध्यक्ष राउतले मधेश र मधेसीको हितमा अब जनमत पार्टीले मात्रै काम गर्ने र अरुलाई मधेसी जनताले चिनिसकेकाे बताएका थिय ।