चन्द्रपुर,२२ भदौ ।
रौतहटको चन्द्रपुरमा डेगुका बिमारीको संख्या वढदै जान थालेको छ । स्थानीयले चन्द्रपुर नगरपालिकाले मच्छर बिरुद्धको दवाई समयमा नछिटेका कारण डेगुका बिमारीको संख्या बढेको बताएका छन ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालमा एक हप्तामा १२ जना डेगुका बिमारी फेला परेको डाक्टर अभिनन्दन श्रीवास्तवले बताएका छन ।
यो संख्या बढदै जान सक्ने उनले बताए । यता चन्द्रनिगाहपुरमा रहेको सिम्स अस्पतालमा पनि एक हप्तामा २० जना भन्दा बढिमा डेगु रोग देखा परेको छ ।
सिम्स अस्पतालका डाक्टर राम किशोर साहका अनुसार एक सातामा समान्य जरो आएर चेक गराउन आउनेहरुको चेक जाचका क्रममा डेगु रोग फेला परेको हो ।चन्द्रनिगाहपुरमा रहेका अन्य निजि अस्पतालमा समेत डेगु रोगका बिमारी फेला परेका छन ।
डाक्टरहरुका अनुसार मच्छरको टोकाइबाट सर्ने यो रोग महामारीको रुमा यश क्षेत्रमा देखा पर्ने अवस्था रहेको छ ।चन्द्रपुर नगरपालिकाले मच्छर मार्ने दवाई समयमा नछरेका कारण डेगु रोगका बिमारी बढदै जान थालेको स्थानीय बासिन्दा भरत आचार्यले बताए ।
एउटा मान्छेलाई टोकेको मच्छरले अर्को मान्छेलाई टोकेमा डेगु सर्ने स्वास्थ्यकर्मी हरुको भनाई रहेको छ ।
चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्लेले नगरमा अब चाडै मच्छर मार्ने दवाई छिटिने बताए । पछिल्लो समय रौतहट जिल्लाका विभिन्न पालिकामा समेत डेगु रोगका बिमारी फेला पर्न थालेका छन । जिल्लाको गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले आफुहरुले डेगु रोग नियन्त्रणका लागि सावधानी अपनाउने काम थालिसकेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here