चन्द्रपुर,२२ भदौ ।
नेपाल उद्योग व्यापार महासंघ को प्रादेशिक भेला बाट चन्द्रपुर १ का युवा व्यावसायी गौतम खड्का कोषाध्यक्षमा निर्वाचित भएकाछन् । खडका मधेश प्रदेशको कोषाध्यक्ष निर्वाचित भएका हुन । बागमती इन्टेरटेन्ट्मेन्ट प्रा.लि. का प्रोपाइटर तथा भरत ताल मोटर बोट व्यबसायी समितिका अध्यक्ष खड्का बिहिबार भएको भेलाबाट कोषाध्यक्षमा निर्वाचित भएका हुन । चन्द्रपुर नगरपालिकाको वडानं १ मा रहेको बागमतीमा पहिलो पटक बागमती इन्टेरटेन्ट्मेन्ट प्रा.लि.को नामबाट मोटर बोट संचालन गरेर यहाँका स्थानीय तथा बाहिरी पर्यटकलाई मनोरन्जन प्रदान गरेका खड्काले बागमती नगरपालिकामा ताल संचालनमा आएपछि त्यहाँ पनि मोटरबोट संचालन गरेर मनोरंञ्जन प्रदान गर्दै आएका छन् ।
स्थानीय युवाहरु माझ लोकप्रिय रहेका खड्काले उद्योग व्यावसायका माध्यमबाट यहाँको विकासमा योगदान पु¥याउदै आएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here