रौतहट,२४ भदौ । श्रीमान श्रीमतीले एउटै पासोमा झुण्डिएर आत्महत्या गरेका छन् । रौतहटको बौधीमाई नगरपालिका वडा नम्वर २ इनर्वा गाउँका २२ बर्षिय रामदिनेश पटेल र उनकी २० बर्षिया श्रीमती गिताकुमारी पटेल शनिवार राती आफ्नै घरमा एउटै पासोमा दुबै जना झुण्डिएर आत्महत्या गरेका हुन । श्रीमान श्रीमतीले एउटै पासोमा झुण्डिएर आत्मा हत्या गरेको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।