चन्द्रपुर,२४ भदौ ।
रौतहटको चन्द्रपुरमा नमुना नमुनाका विकास निर्माणको काम हुने गरेको छ । आफुलाई विकासको हिमायती बताउने वडा अध्यक्षकै वडामा उपभोक्ता समिति मार्फत बनेको एक विकासको काम नमुनाको बनेको छ । चन्द्रपुर नगरपालिका वडानं ६ ले सो वडाको एक विद्यालयमा खानेपानी ट्याङकी बनाउने नाममा आँखामा छारो हाल्ने काम गरेको छ ।
चन्द्रपुर नगरपालिका वडानं ६ स्थित माझीटोलमा रहेको जनभावना आधारभुत विद्यालयमा बनाएको खानेपानीको ट्याङकी बनाउने नाममा टालटुले काम गरेर बजेट पचाउने काम गरेको सहजै अनुमान लगाउन सकिन्छ ।
विद्यलायका प्रधानाध्यापक लगाएत कसैलाई जानकारीनै नदिईकन पाँच लाखमा उपभोक्ता समिति मार्फत बनेको ट्याङकीमा आर्थिक अनियमिता भएको स्थानीय बासिन्दाले बताए ।
सो बिषयमा सो वडाका वडा अध्यक्ष सहदेव केसीसंग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । चन्द्रपुर नगरपालिका वडानं ६ को गत बर्षको बजेटबाट सो विद्यालयमा पानीको ट्याङकी राख्ने घर निर्माण भएको स्थानीयले बताए ।
झट्ट हेर्दा सो ट्याङकी राख्ने घर बनाउन एक पनि नलाग्ने स्थानीयको भनाइ रहेको छ ।
सोही विद्यालयमा वडाको बजेटबाट दिईएको ह्वाइट बोर्ड समेत कामै नलाग्ने खालको रहेको छ । वडाको बजेटबाट रु १ लाखमा पाँच वटा ह्वाइट बोर्ट ,एक थान साउण्ड बक्स ,एक थान टिभि र केही बच्चाका खेल सामाग्री दिइएकोमा त्यसमा समेत अनियमितात भएको स्थानीय अभिभावकहरुको भनाइ रहेको छ । २०८० भदौ २५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।