चन्द्रपुर,२६ भदौ ।
११० औं बिपी जन्म जयन्तीका अवसरमा नेपाली काँग्रेस चन्द्रपुर नगर समितिले बिमारीलाई फलफुल वितरण गरेको छ ।
नेपाली काँग्रेसका नेता तथा रौतहट क्षेत्रनं ४ का संसाद देवप्रसाद तिमलसिनाको बिषेश उपस्थितीमा सोमबार फलफुल वितरण गरिएको हो ।
चन्द्रनिगाहपुरमा रहेको सरकारी अस्पता तथा निजी अस्पतालमा रहेका बिमारीहरुलाई अस्पतालमै पुगेर फलफुल वितरण गरिएको नेपाली काँग्रेस चन्द्रपुर नगर समिति सभापति मुकेश गिरीले जानकारी दिए ।
संसाद तिमलसिना रौतहट क्षेत्रनं ४ क का पुर्व प्रदेशसभा सदस्य धनलाल ठोकर लगाएतका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा सयौ बिमारीलाई फलफुल बितरण गरिएको नगरसभापति गिरीले जानकारी दिए । ११० औं बिपी जन्म जयन्तीका अवसरमा नेपाली काँग्रेस चन्द्रपुर नगर समितिले बिभिन्न कार्यक्रम गरेको छ ।
सोही अवसरमा आईतबार साँझ नेपाली काँग्रेस चन्द्रपुर नगर समितिको आयोजनामा चन्द्रनिगाहपुरको तीनकुने पार्कमा दिप प्रज्वलनको आयोजना समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here