अशोक पहाडी,रौतहट,२७ भदौ । चन्द्रनिगाहपुरमा फलफुलको व्यापारका आडामा भारतीयलाई नेपाली नागरिकता बनाईदिने नैमुद्धिन फक्राउ परेकाछन् । चन्द्रनिगाहपुरको टेकान जाने बाटोमा फलफुल र अण्डाको व्यापारका आडमा भारतीय मुस्लिमहरुलाई नेपाली नागकिरता बनाईदिने काम गर्दै आएका नैमुद्धिनलाई सर्लाही प्रहरीको आग्रहमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेर सर्लाही प्रहरीको जिम्मा लगाएपछि नैमुद्धिनसंग नागरिकता बनाएर चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएका दर्जनौ फरार भएका छन् ।
भारतको बिहार घर भएर चन्द्रनिगाहपुरमा ठेला चलाउदै आएका एक जनाको परिवार यतीबेला बिचल्लीमा परेको छ । नैमुद्धिन फक्राउ परेपछि ती ठेलावाला यतीबेला फरार भएपछि उनको परिवार यतीबेला बिचल्लीमा परेको छ । नेपाली नागरिकता भएकी श्रीमती र छोरा छोरीको बिचल्ली भएको हो । नैमुद्धिन फक्राउ परेपछि आफुहरु पनि पक्राउ पर्ने डरले यतीबेला चन्द्रनिगाहपुर फर्जि कागजको आधारमा नेपाली नागरिकता लिएका भारतीयको भागाभाग भएको छ ।