अशोक पहाडी
रौतहट,२९ भदौ । स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीको माग गर्दे प्रदेशिक अस्पताल गौरका स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापनपत्र बुझाएका छन ।
बिभिन्न बाहानामा स्वास्थ्यकर्मी हरु माथि हुने हातपातका घटना रोक्नु पर्ने माग राख्दै सरकारी अस्पतालका स्वास्थ्यकर्मी ले आज प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापनपत्र बुझाएका हुन । हेटौंडामा डाक्टर माथि भएको कुटपिटको बिरोधमा सदरमुकाम गौरमा रहेको प्रदेशिक अस्पतालका कर्मचारीले हातमा कालोपटी बाधेर काम गरेका छन । उनीहरुले स्वास्थ्यकर्मीको माग सरकारले तत्काल सम्बोधन नगरे आईतवार देखि ईमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पार्ने बताएका छन । हेटौंडामा मात्रै नभएर पछिल्लो समय स्वास्थ्यकर्मी माथि हातपात गरेर क्षतिपूर्ति लिने संस्कारको विकास हुँदै गएकाले त्यो तत्काल रोक्नु पर्ने डाक्टर गोपाल कुमार गुप्ता ले बताए ।