रौतहट,२९ भदौ ।हरितालिका तिज-२०८० को अवसरमा नेपाली काँग्रेसका मधेस प्रदेश सदस्य रबिनचन्द्र कोइरालाको आयोजनामा तिज विशेष शुभकामना एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेता कोइरालाको चन्द्रपुर ५ स्थित निजि निवासमा सम्पन्न भएको यस कार्यक्रमको उदेश्य “कला संस्कृति र परम्परालाई जगेर्ना गर्दै हरीतालिका तिज मनाऔं, हिंसा रहित सकारात्मक सोच सहितको समाज निर्माण गरौं” भन्ने रहेको उहाँले बताउनु भयो । यस कार्यक्रममा नेपाली काँग्रेस सहितका विभिन्न राजनीतिक दलका महिला नेतृहरु, समाजसेवी, सहकारीकर्मी, पत्रकार लगायतका युवाहरुको उपस्थिति रहेको नेपाली काँग्रेसका चन्द्रपुर ५ का वडा सभापति कल्याण कार्किले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here