चन्द्रनिगाहपुर,१ असोज । चन्द्रनिगाहपुर गौर सडक खण्ड चार लेनको बनाउने क्रमसंगै बन्दै गरेको नालाका कारण धुवा र धुलोका कारण हिडन नसक्ने अवस्था आएको स्थानीयले बताएका छन् । चन्द्रनिगाहपुर स्थित गौर सडकमा नाला बनाउदै गरेको आश्रय निर्माण सेवाले बाटोमा धुवा र धुलोबाट बचाउन छान छिटने काम नगरेका कारण बाटो हिड्ननै समस्या भएको स्थानीय बासिन्दा प्रलाद बन्जराले बताए ।
चन्द्रनिगाहपुरको मेन चोक देखी बजार सम्म नाला निर्माणका लागि सडक छेउमा खन्ने काम भएको र त्यसबाट निस्केको धुलोका कारण स्थानीयलाई हिडन समस्या भएको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here