चन्द्रपुर,१२ असोज ।
चन्द्रनिगाहपुरमा रहेको ईलाका प्रशासन कार्यालयबाट राहदानी सेवा सुचारु गर्नुपर्ने स्थानीयले माग गरेकाछन् । केही महिना पहिला सम्म ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट राहदानी सेवा प्रदान हुदै आएकोमा पछिल्लो समय आएर राहदानी लिनका लागि ,फोटो खिचाउनका लागि जिल्ला प्रशासन कार्यालय गौर जानुपर्ने बाध्यता रहेको छ ।
राहदानी बनाउनका लागि अहिले जिल्लाभरका सर्बसाधारणले जिल्ला सदरमुकाम गौर जानुपर्ने बाध्यता रहेको छ ।
जिल्ला प्रशासन कार्यालय गौरमा टोकन लिने ,फोटो खिच्ने र राहदानी लिनका लागि गरेर सर्वसाधारणले तीन दिन समय खर्चन बाध्य भएको एक सेवाग्राही रामकुमार कटुवालले बताए ।
मधेशका जिल्लामा पर्ने पुर्व पश्चिम राजमार्गबाट सबैभन्दा धेरै ४२ किलोमिटर टाढा जिल्ला सदरमुकाम रहेको छ । चन्द्रपुर नगरपालिका ,बृन्दावन नगरपालिका ,गढीमाई नगरपालिका र गुजरा नगरपालिकाका सर्बसाधारणले राहदानी सेवा चन्द्रनिगाहपुर स्थित ईलाका प्रशासन कार्यालयबाट पाँउदै आएका थिए ।
पछिल्लो समय राहदानीका लागि सर्बसाधारणले जिल्ला सदरमुकाम गौरबाट मात्र सेवा लिन पाँउने प्रावधान ल्याएपछि जिल्लाको उत्तरी भेगका सर्बसाधारण मारमा परेका हुन ।
राहदानी सेवा ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाटै लिन पाँउने व्यावस्था गर्नुपर्ने नेकपा एमालेका युवा नेता बाबुराम दाहलको भनाइ रहेको छ ।
राहदानी सेवा चन्द्रनिगाहपुरबाटै सुचारु गर्नका लागि आफुले समबन्धीत निकायमा कुरा राख्ने रौतहट क्षेत्रनं ४ का संघिय संसद देवप्रसाद तिमलसिनाले बताए ।
राहदानी लिनका लागि जिल्ला सदरमुकाम गौर पुग्नका लागि सर्बसाधारणलाई झन्झट भएका कारण यो कुरा आफुले सम्बन्धीत निकायमा उठाउने संसद तिमलसिनाको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here