रौतहट,३ कार्तिक । नेकपा एमाले चन्द्रपुर नगर कमिटीद्वारा आयोजित बिजया दसमी ,दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य उद्वव रेग्मीको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरी ,नेकपा माअोवादी नगर कमिटी उपाध्यक्ष सहदेव केसी ,सहकारी अभियान्ता देवकी नेपाल ,नेकपा एमाले मधेश प्रदेश उप सचिव आरति भन्डारी , संघिय ससद बिना साह ,प्रदेश ससद केशव राय लगाएतको उपस्थित रहेको थियो । नेकपा एमाले चन्द्रपुर नगर कमिटी अध्यक्ष शिव आचार्यको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न दलका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here