गरुडा,२९ कार्तिक गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले बुधवार एकैदिन ठुलो संख्यामा छठ पर्व गर्ने ब्रतालु महिलाहरुलाई छठका सामाग्री वितरण गरेका छन् ।
छठ पर्वको उपलक्ष्यमा मेयर जयसवालले गरुडा नगरपालिका–२ र ३ मा गरी ३ सय ४२ जना अति गरिव एवं विपन्न परिवारका छठ ब्रतालुहरुलाई प्रति व्यक्ति एक एक थान दउरा, सुपली र साडी सेट वितरण गरेका छन् ।
बुधवार आयोजित छुट्टाछुट्टै कार्यक्रमकाबीच वडा नं २ गेडहिगुठ्ठीमा १ सय ५१ र वडा नं ३ मलाहिटोलमा १ सय ९१ जना गरिव, असहाय, दलित तथा अति विपन्न ब्रतालुलाई छठ पुजाका लागि आवश्यक पर्ने सामाग्री वितरण गरिएको मेयर कन्थमनी प्रसाद जयसवालले बताए ।
मेयर जयसवालले यसअघि मंगलवार वडा नं ६ पोठियाहीमा १ सय ५१ र सोमवार वडा नं ८ बसबिट्टि जिंगडियामा पनि १ सय ५१ ज्ना ब्रतालुलाई छठ सामाग्री वितरण गरिसकेका छन् ।
छठ सामाग्री वितरण अभियान अझै जारी नै रहेको बताउँदै मेयर जयसवालले नगरपालिकाको प्रत्येक वडाका गरिव परिवारका ब्रतालु महिलाहरुलाई छठका सामाग्री वितरण गर्ने आफनो योजना रहेको बताए ।
सहयोगी मनका धनी, सधै गरिव असहायलाई सहयोग गरिरहने तथा समाजसेवा गर्नेमा विशाल हृदय भएका मेयर जयसवालले पालिकाका अति गरिव एवं विपन्न समुदायका छठ ब्रत गर्ने महिलाहरुलाई केही दिन देखि खोजी खोजी दउरा, सुपली र साडी सेट बितरण गरिरहेका छन् ।
आर्थिक रुपले पछाडि परेका अति गरिव, विपन्न, असहाय एवं दलित महिलाहरुलाई केही सहयोग हुने उद्देश्यले पालिकाको तर्फबाट प्रति महिला एक,एक थान दउरा, सुपली र साडी सेट वितरण गरिरहेको उनले बताए ।
आर्थिक रुपमा कमजोर भएका महिलाहरुले छठ पर्वको सामाग्री किन्न नसक्ने भएको हुँदा पर्वमा पैसाको अभावमा छठको सामाग्री जोहो गर्नबाट कसैले बञ्चित नहोस र आफुले पर्वमा केही न केही सहयोग गर्ने उद्देश्यले उक्त सामाग्रीहरु वितरण गर्ने अभियान नै सञ्चालन गरेको उनी बताउँछन ।
हिन्दु धर्म संस्कृतिमा छठपर्वका बेला ब्रतालुले सम्भव भए नयाँ चोखो पहिरण लगाएर ब्रत गर्नुपर्ने हो । सोही अभिलाशालाई पुर्ण गर्न हरेक वर्ष झै यसवर्षपनि आवश्यक्ता हेरेर दिन दुःखीलाई छठपुजाका लागी साडी सेट तथा दउरा, सुपली वितरण गरेको उनले बताए ।
सो क्रममा छठपर्वको शुभकामना दिदै उनले आफ्नो पालिकाको प्रत्येक जनताको सुख दुःखमा आफु सरिक हुन पाउँदा आफुलाई निकै गर्ववान्वित महशुस हुने गरेको उनले बताए ।
मेयर जयसवाल मेयरमा निर्वाचित हुनुभन्दा अघि प्रत्येक वर्ष दिन दुखी गरिव ब्रतालुहरुलाई छठ पुजा सामाग्री वितरण गर्दै आएकोले सो कार्यलाई यस वर्ष पनि निरन्तरता दिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here