चन्द्रपुर,७ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकाले फोहोर फाल्ने भाडा नगरको ठाउ ठाउमा रखेको भएपनि स्थानीय ब्यापारीले फोहोर भने फोहोर फाल्ने डस्बिन बाहिर फाल्ने गरेका छन् । नगरपालिकाले लाखौ खर्च गरेर फोहोर फाल्ने भाडा राखेको भएपनि स्थानीयले ती भाडामा फोहोर नफालेर भाडा बाहिर फाल्ने गरेकाछन् । डस्बिन बाहीर फोहोरको डंगर भएपनि डस्बिन भने खाली रहेको छ । नगरपालिकाले फोहोर उठाएन भन्नेहरुनै आफ्नै अगाडी रहेको फोहोर फाल्ने भाडामा फोहोर नफालेर बाहिर फाल्ने गरेका छन् । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले स्थानीय ब्यापारीले चेतनाको अभावमा फोहोर फाल्ने भाडामा फोहोर नफालेर बाहिर फोहोर फाल्ने गरेको आफुले पाएको बताए ।