गुजरा,७ मंसिर । रौतहटको गुजरा नगरपालिका वडा ४ मा भएको नकआउट भलिबल प्रतियोगितामा पोखरभिण्डा टिम बिजयी भएको छ । जनसेवा युवा कल्बद्वारा आयोजित प्रतियोगितामा कनकपुर ए टिमलाई शुन्यको विरुद्ध तीन अंकले हराउदै पोखरभिण्डा ए टिम बिजयी भएको हो । बिजयी टिमका बेष्ट खेलाडी सुरेन्द्र चौधरीको आक्रमक प्रहारको सहयोगले लगातार तिनखेल जितेका थियो । त्यसै गरि उपबिजेता कनकपुर टिमका निरन्जन चौधरी पनि बेष्ट खेलाडी घोषित भएका थिए । कार्यक्रमका प्रमुख अतिथी नेकपा नेता तथा गुजरा नगरपालिकाका मेयर प्रत्यासी पलट चौधरी र बिशिष्ट अतिथी वडा ४ का अध्यक्ष पवनराज गिरिले संयुक्तरूपमा बिजेताटिमलाई २० हजार उपबिजेता टिमलाई १० हजार नगर शिल्ड तथा प्रमाणपत्र बितरण गरेका थिए । त्यसैगरी नेपाली कांग्रेस नगर सभापति कुमार प्रसाद चौलागाईं,नगर सदस्य वाजिद अलि र नेकपा युवानेता कृष्ण पोखरेलले बिजेता टिमलाई दुई दुई हजार रुपैया ब्यक्तिगत रुपमा पुरस्कार दिएका थिए । बडा दशैं,छठपर्वको अवसरमा भाईचारा तथा सद्भाव बढाउने उदेश्यले आयोजित प्रतियोगितामा आर्थिक लगानी वडा अध्यक्ष पवनराज गिरिले र आयोजक कल्बले गरेका थिय । फाईनल खेलको अवसरमा प्रमुख अतिथि बिशिस्ट अतिथी संगै अतिथिको रुपमा कटहरिया मेयर प्रत्यासी जवाहर यादव ,नेकपा नेता हरिबंश मैनाली,कटहरिया एफएमका प्रमुख पत्रकार संजय मिश्र,शिक्षक सोहन चौधरी , हिरालाल यादव ,आयोजक जनसेवा कल्बका अध्यक्ष बंभोली चौधरी उपध्यक्ष बासु चौधरी ,सशस्त्रका सई धन बहादुर घिमिरे , सानाकिसानका प्रबन्धक मनित चौधरी लगायतको उपस्थिति रहेको थियो ।