गौर,१ फागुन । भारतबाट अवैध रुपमा ल्याइएको सामानसहित दुई जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । राजदेवी नगरपालिका वडा नं. ८ बेलबिछुवा स्थित सिमा नाकाबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याएउदै गरेको अवैध सामानहरु प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो । प्रहरी चौकी लक्ष्मिपुर बेलबिछुवाबाट खटिएको प्रहरी गस्ती टोलीले बुधबार साँझ करिब ७ बजेतिर नै अवैध सामानसहित भारत बिहार सितामढी जिल्ला ग्राम पंचायत भकुरहर वडा नं. १५ बस्ने ३५ वर्षीय असलम खान र सोही स्थान बस्ने ४० वर्षीय अब्बास खानलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार बरामद भएको सामान कपडा, मिक्चर मेसिन, चिनी, खैनी, विस्कुट, लेडिज चपल, वच्चाको जिन्स पैन्ट, कानको टप, साईकल, टिका, साडी, सल, ठुलो फ्रक, सानो वच्चाहरुको फ्रक, वावा सुट र ८ कार्टुन सौफी रक्सी लगायतका माल वस्तु बरामद भएको थियो ।
भन्सार छली गरी ल्याएइएको सामानहरुको मूल्य करिब ३ लखा ५ हजार ५ सय रुपैयाँ बराबर रहेको प्रहरीले जनाए । बरामद भएको सामानसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।