चन्द्रपुर, १६ बैशाख । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं—१० श्रीनगर खोरको चाँदी खोलामा अवैध नदि उत्खनन् सुरु भएको छ । अवैध नदी उत्खनन्का कारण आउदो वर्षा तथा बाढीमा श्रीनगर गाउँनै सखाप हुने जोखिम बढेको स्थानियले तराई एक्सप्रेस दैनिकलाई बताएका छन् । नगरपालिकाको बिना स्वीकृत तथा बिना कर तिरेर श्रीनगर घाँटबाट दिनहु पचास भन्दा बढी ट्याक्टमा वालुना निकासी हुने गरेको भएपनि नगरपालिका तथा वडा कार्यालयले कुनै चासो नदेखाएको स्थानियको भनाइ रहेको छ । नदीको कटानका चपेटामा पर्दै आएका श्रीनगरको नदीमा अवैध नदी उत्खनन् सुरु भएपछि स्थानिय त्रसित बनेका छन् । नदीको दोहनले बस्ती जोखिममा परेपछि स्थानीयले उत्खनन रोक्न माग गरेका छन् ।