अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेपछि तालिबानले “लडाइँ सकिएको“ दाबी गरेको छ । काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिमी शक्तिराष्ट्रका दूतावासका कर्मचारी र नागरिकहरूलाई आफ्नो देश फर्किन आतुर अवस्थामा बसेका खबरहरू आएका छन् । अमेरिकाले त्यहा कुल ६,००० सेना पठाउँदै छ । तीमध्ये आधाभन्दा बढी काबुल पुगिसकेका छन् ।
काबुलबाट कैयौ अफगानहरू घर छाडेर भागिरहेको खबर आइरहेका बेला त्यहाँका राष्ट्रपति पनि आइतवार विदेश पलायन भएका छन् ।
कहा गए राष्ट्रपति ?
देश छाडेपछि अफगान राष्ट्रपति अशरफ गनी कहा गए भन्ने चासो सर्वत्र देखिएको छ । त्यस्तै त्यहाका उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडेको बताइएको छ । सुरुमा राष्ट्रपति गनी भागेर ताजिकिस्तान गएको बताइएको थियो ।
अफगानिस्तानमा तालिबानद्वारा विजय भएको दाबी
तालिबानका नेता को ? कसले सम्हाल्लान् अब अफगान सरकार
तर पछि अल जजिरा टेलिभिजनले उनी उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको समाचार प्रसारित ग¥यो । अल जजिराका अनुसार राष्ट्रपति गनी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार तासकन्द पुगेका हुन् । अल जजिराले राष्ट्रपतिका निजी सुरक्षा गार्डलाई उद्धृत गर्दै यस्तो समाचार दिए पनि त्यसको स्वतन्त्र पुष्टि नभएको बिबिसीले जनाएको छ ।