
परविर्तन आजैबाट गर्नुपर्छ अनि आफैबाट गर्नुपर्छ । हरेक क्षेत्रमा आफुलाइ अब्बल बनाउने हो भने अहिलेका जल्दा बल्दा युवाहरु एकदम तत्पर रहनुपर्छ । समाज परविर्तनको अमूल्य सम्पती युवा नै हो उनीहरुलाई राज्यले पनि हरेक क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी दिनुपर्छ । देश अहिले सामाजिक, आर्थिक, राजनैतिक लगायत विविध झमेलामा अल्झिएको अवस्थामा छ । युवा पुस्ताले यस्ता झमेलालाई सुल्झाउन प्रयास गर्नुपर्छ । र आफू पनि ब्यवहारले परिपक्व हुनु पर्छ । देशलाई कुन अवस्थामा लैजाने हो त्यसको निर्णय गर्ने जिम्मेवारी युवाहरुमा नै हुन्छ त्यसैले युवाहरुले सही बाटोको पहिचान गर्न सक्नु पर्छ । युवा पुस्तालाई बिद्यालय स्तरबाटै राष्ट्र प्रेम, मातृत्व प्रेमको नशा हुनुपर्दछ । देशको हरेक क्षेत्रमा सहभागिता जनाउन इच्छुक पनि हुनु पर्दछ । युवाहरू राष्ट्रको महत्वपूर्ण मानव स्रोत भएकाले आर्थिक, सामाजिक, राजनीतकि, सांस्कृतिक लगायत जन जीवनका हरेक क्षेत्रमा उनीहरूमा नहिति क्षमताको विकास गरी राष्ट्र निर्माणमा अग्रसर गराउन राष्ट्रिय युवा नीतीको आवश्यकता अझ टट्कारो भएको छ । युवाहरूमा सृर्जन शीलता, वैज्ञानकिता, जिम्मेवारीपूर्ण व्यवहार, उद्यमशीलता, नागरिक सोच र जवाफदेहिताको विकास गरी न्याय र नैतकितामा आधारित स्वच्छ सामाजकि जीवनको वकिास गर्न उनीहरूमा रहेको अन्तरनिहीत क्षमताको वकिास गर्नु जरूरी छ । जोखमिमा रहेका युवाहरूलाई आवश्यक सहयोग पुर्याउन र उनीहरूका अन्तरनिहित क्षमता उजागर गर्न, युवाहरुमा भएका अन्तरनिहित प्रतभिालाई उपयुक्त व्यवस्थापन गर्न तथा विश्वव्यापी रूपमै सृर्जना हुने अवसरहरूमा नेपाली युवाहरूको पहुचलाई सुनश्चिति गर्दै थप सम्भावनाको विकास गर्न पनि युवा नीतीको आवश्यकता पर्न गएको छ ।
हामी इतिहासको एक यस्तो महत्वपूर्ण अवस्थामा उभएिका छौं । जुन मोडमा समस्या, चुनौती र अवसरहरु एकै साथ थुप्रएिका छन् । हाम्रा अगाडी अधिकार मात्रामा सामना गर्नुपर्ने चुनौतीहरु सलबलाएका छन । जती बढी चुनौतीपूर्ण अवस्था हुन्छ हामीले गर्ने योगदानको महत्व त्यती नै बढी हुन्छ । यसैले आजको पुस्ता भनेको इतिहासमा सर्वाधिक महत्वपूर्ण योगदान प्रदान गर्न सक्ने पुस्ता पनि हो । आज गरेको योगदानले भविश्यका लागी एक महान् अवसरको सृजना गर्छ र राज्यलाइ एउटा दिशा निर्देश पनि गर्छ । यस्तो सुवर्ण अवसरलाई युवा पुस्ताले कदापी गुमाउनु हुदैन । हामीले गर्न जान्यौ भने सिक्न सक्यौ भने विगत आफै एउटा महत्वपूर्ण शिक्षक हो । युवाले पनि आफनो भूमिकाको बारेमा पाठ सिक्नु पर्ने हुन्छ । यहि भूमिकालाई आजको युवा पुस्ताले मनन गर्दै जानुपर्छ । विगतमा सिकेका, जानेका कुरालाई व्यवहारमा उतार्न सिक्नुपर्छ । अनि मात्र देश तथा राष्ट्रले खोेजेको र रोजेको सुयोग्य नागरिक एक सही स्थानमा पुग्छ र आमूल परिवर्तनको सुरुवात हुन्छ । युवा युवा बीचको भेदभावपूर्ण समाजको अन्त्य गर्न आजका युवा वर्ग तातिनु पर्छ । योे अन्त्य गर्ने जिम्मेवारी अबका युवापुस्ताको हातमा छ । सभ्य समाजको निर्माणमा युवाको महत्तवपूर्ण हात हुन्छ ।
अब आजका नया युवा पुस्ताले समाजका वभिन्नि कुरति विकृतीलाई निमोठी सभ्य समाजको परचिय दिन जरुरी छ । होइन भने इतिहास देखी ठगिन पुगेको नेपाली समाजमा युवाको स्थान न्युन नै रहन्छ । सरकारले पनि युवाहरुको उर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत, विकृती, र अस्थरिताको सामना गर्नुपर्ने स्थीति आउन सक्छ ।
समाज परिवर्तन गर्ने चाहना राखेर मात्र हुदैन । सर्वप्रथम त आफू परिवर्तन हुन जान्नुपर्छ । अनि मात्र समाजको परिवर्तन हुन्छ । आफूलाई परिवर्तनको सम्भावक मान्नेहरु परिवर्तनको चाल्नोमा छानिएर चालिनुपर्छ । अहिलेका युवाहरु समाज परिवर्तनको सम्वाहक भनि रहदा कतै युवा वर्ग नै यस्तै सञ्जालमा त फसेका छैनन् एक पटक खोजी गर्नुपर्छ युवा स्वयमले नै ।
यो युगले यति खेर युवाहरुलाई खोजिरहेको छ । समाजमा रहेको लाज मर्दा कुराहरुको परिवर्तन गर्नको लागी आशाको केन्द्रविन्दु बनाएको छ । अब युवा वर्गले ढिला गर्नु हुदैन । यस्ता व्याप्त जातीय भेदभाव, अन्यय , अत्याचारका लगायतका भेदभावको बलियो साङ्लो तोड्नु पर्छ अनि मान्छे मान्छे बीचमा रहेको यस्ता कुरितिको नाता तोड्नु जरुरी छ । त्यसैले युग बुझेको, संसार बुझेको युवा समाज अहिल्यै नै जुर्मूराउनु आवश्यक छ । र समाजमा व्याप्त बबिधि कुथितीलाई जरै देखी उखेल्नु पर्छ । अनि मात्र युवाले आफ्नो परिभाषा पाउन सक्छौ होइन भने युवा आफूलाई युवा वर्ग भन्ने परिभाषाबाट नजिक हुनु बेकार छ । (लेखक सापकोटा बाराको कोल्हबी नगरपालिका—८ का स्थायि वासिन्दा हुन् ।)