गौर,२८ मंसिर ।
गौरस्थित सीमा क्षेत्रको कुखुरा फार्मबाट शनिबार १ सय ८० किलो गाँजा बरामद भयो । धादिङबाट मिनिट्रकमा ल्याएर फार्मको जमिनमुनि गाडिएको थियो । प्रहरीका अनुसार उक्त गाँजा भारत पठाउने तयारी थियो ।
गौर नगरपालिका–३ स्थित भारतीय व्यापारी अफरोज मियाँले सञ्चालन गरेको फलक पोल्ट्रीमा गाजा फेला परेको हो । गाँजा लोड गरिएको वाग्मती प्रदेश ०१–००६ ख २८३० नम्बरको ट्रक र चालक मकवानपुरका सुरेन्द्र स्याङतानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।
फार्मका सञ्चालक मिया“ भने फरार छन । एक महिनाअघि गौर–२ स्थित लालबकैया नदी हु दै भारत गाजा तस्करी गर्न लागेको अवस्थामा अस्थायी प्रहरी पोस्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प गौरको संयुक्त टोलीले १७ पोका गाँजा फेला पारेको थियो । प्रहरीलाई देखेपछि गाँजा बोक्ने समूह फरार भयो । पोका खोलेर हेर्दा भित्र २ सय ४ किलो गाँजा थियो ।
रौतहट प्रहरीले साउनयता ५ महिनामा ४ सय १० किलो गा“जासहित १५ जनालाई पक्राउ गरेको छ । गएको आर्थिक वर्षको यही अवधिमा प्रहरीले २ सय ४ किलो गा“जासहित १४ जनालाई पक्राउ गरेको थियो । २०७९ मंसिर २८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।