अशोक पहाडी
रौतहट,१२ फागुन
। रौतहटका लघुवित्त पिडितहरु संगठित हुन थालेका छन् । लघुवित्तको चर्को व्याजनका कारण घरबारनै बिग्रन थालेपछि रौतहटका बिभिन्न स्थानका पिडितहरु संगठित बन्न थालेकाछन् ।
एकै जनालाई समुह बनाएर रौतहटका १५ वटा सम्म लघुवित्तले लगानी गरेका कारण पैसा तिर्न नसकेपछि घरमै आएर धाकधम्की दिन थालेपछि पिडितहरु संगठित बन्न थालेका हुन ।
गाउँघरमा ऋणको खाँचो हुनेहरूले लघुवित्तको नियम अनुसार १० देखि ५० जनाको महिला समूह गठन गर्नुपर्ने हुन्छ ।
ऋणको खाँचो बढी हुनेले अरू महिलालाई पनि सम्झाएर समूहमा ल्याउनुपर्छ । समूह र बचत अनुसार लघुवित्तले १ देखि ५ लाखसम्म ऋण दिने गर्छ । १ लाख ऋणमा बीमा, आपतकालीन र सेवाशुल्क गरेर १० हजार काट्छन् । ऋणीको हातमा ९० हजार पुग्छ । वर्षमा लघुवित्तलाई १ लाख ६० हजार बुझाउनुपर्छ । ६ हजार बचतमा बस्छ । किस्ता तिर्न आनाकानी गरे त्यही महिला समूह लगाएर घरमा भएको भाँडाकुँडा समेत लाने गरेको भन्दै उनीहरु संगठित बन्दै जान थालेकाछन् । शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिकाका दुई गाँउमा मिटर व्याज तथा लघुवित्तको ठगि बिरुद्ध संघर्स समिति गठन भएको छ । उनीहरुले रौतहटका गाँउ गाँउमा समिति बनाएर जिल्ला प्रशासन कार्यालयमा मिटर व्याज र लघुवित्तको ठगि बिरुद्ध प्रर्दशन गर्ने तयारी गरेकाछन् ।
लघुवित्तको ऋणको पिडामा रौतहटका अधिकांस दलित तथा सुकुम्वासी बस्तीका महिलाहरु परेका छन् । शुक्रबार चन्द्रपुर ८ को बेतौनामा उर्मिला देवी पासवानको नेतृत्वमा संघर्स समिति गठन भएको छ । शुक्रबार चन्द्रपुर ९ को नयाँ बस्ती कटानीमा पनि लिला देवी रामको अध्यक्षतामा संघर्स समिति गठन भएको मिटर व्याज तथा लघुवित्तको ठगि बिरुद्ध संघर्स समिति रौतहटका संयोजक शिव शंकर महतोले बताए । दुबै वडामा गरी ३ सय बढी लघुवित्त पिडितहरुको सहभागिता रहेको संयोजक महतोको भनाइ रहेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिमा मात्र लघुवित्तबाट लिएको ऋणको साँवा र व्याज तिर्न नसकेर घर छाडेर भाग्नेको संख्या दर्जनो रहेको महतोको भनाइ रहेको छ ।
लघुवित्त र सहकारीको ऋण मिटर ब्याज भन्दा कम छैन । बैंकले कम ब्याजदरमा ऋण लगानी गरे पनि त्यसमा सर्वसाधारणको पहुँच छैन । प्रक्रिया नै झन्झटिलो छ । वैदेशिक रोजगारीको लहरले अधिकांश पुरुष विदेशिएका छन् ।
गाउँघरमा महिला मात्र हुने र उनीहरूकै हातमा आर्थिक कारोबारको नेतृत्व हुने गर्छ । यही सामाजिक मनोविज्ञानलाई केन्द्रमा राखेर लघुवित्त सहकारीहरूले महिलालाई लक्षित गरी समूहमा ऋण लगानी गर्ने गरेको सुबलाल भागवत माध्यमिक विद्यालय सन्तपुरका प्रधानाध्यापक देवानन्द चौधरीको भनाइ रहेको छ ।
अभावमा पिल्सिएका गरिब नागरिकसँग ऋणबारे सचेतना छैन । राज्य र वित्तीय निकायहरू यस्ता सचेतना अभियान चलाउन चुकिरहेका छन् । अनुत्पादनशील क्षेत्रमा ऋणको दुरुपयोग भइरहेको छ । अत्यावश्यक अवस्थामा मानिसले पाएको ऋण लिन्छन् तर उनीहरूसँग फिर्ता गर्ने उपाय र तरिका थाहा नहुंदा समस्यामा पर्ने गरेको प्रधानाध्यापक चौधरीको भनाइ रहेको छ । लघुवित्तको मासिक किस्ता तिर्न नसके उनीहरुले घरमा रहेको समान समेत बोकेर लान थालेपछि आफुहरु संगठित बन्नु परेको मिटर व्याज तथा लघुवित्तको ठगि बिरुद्ध संघर्स समितिका संयोजक महतोको भनाइ रहेको छ ।

लघुवित्तको पासोमा प्रेमादेवी

चन्द्रपुर नगरपालिका वडानं ५ की ३४ बर्षिय प्रेमादेवी गोसाई यतीबेला आधा दर्जन लघुवित्तको पासोमा परेकी छिन् ।

एक बर्ष पहिला मुटु रोगका कारण श्रीमान शंकर गोसाइको मृत्यु भएपछि आधा दजैन लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि अहिले उनले दिनकै लघुवित्तका कर्मचारीको गाली सुन्नु परेको छ ।

आफ्नो नाममा एक घुर समेत जमिन नभएका शंकर गोसाइ बागमती सिंचाई आयोजाको नहरको डिलमा साना घर भनाएर बसेका थिए । उनी राज मिस्त्रीको काम गर्थे । उनलाई मुटु सम्बन्धी रोगले च्यापेपछि लघुवित्तबाट ऋण लिएर उपचारमा खर्च भयो । चार लाख पनि सकियो श्रीमानको समेत ज्यान गएपछि यतीबेला प्रेमादेबीलाई आफ्ना दुई छोरा र एक छोरीको पालन पोषणका लागि हातमुख जोडननै समस्या परेका बेला आधा दर्जन लघु वित्तका कर्मचारीको दिनकै गाली सुन्न उनी बाध्य भएकी छिन् ।

नेशनल लघुवित्त एक लाख,डिप्रोक्स लघुवित्तबाट एक लाख ५० हजार ,आशा लघुवित्तबाट एक लाख ,समता लघुवित्तबाट ७० हजार ,हम सव लघुवित्तबाट ८० हजार ,निरुडे लघुवित्तबाट एक रुपैया उनले ऋण लिएकी थिईन ।

उनले मासिक रुपमा नेशनललाई १३ हजार ,डिप्रेक्सलाई १७ हजार ,आशालाई १० हजार ,समतालाई सात हजार ,हमसवलाई ८ हजार र निरुडेलाई १० हजारमा दरले किस्ता तिर्नुपर्ने अवस्था रहेको छ । दिनको पाँच सयको पनि व्यापार नहुने उनको सानो घुम्ती पसलबाट उनले लघुवित्तको मासिक किस्ता तिर्न नसकेपछि उनी दिनकै लघुवित्तका कर्मचारीको गाली बेईजत्ति सहन बाध्य भएकी छिन् ।

नहर टोलमा समुह बनाएर समूह बनाएर बिभिन्न लघुवित्तले ऋण दिएका थिए । अहिले ऋण तिर्न सक्ने अवस्था नदेखेपछि आधा दर्जन लघुवित्तका कर्मचारी दिनकै घरमा आएर गाली बेईजत्ती गर्ने गरेको उनले सुनाईन । आफुले कुन लघुवित्तमा कति किस्ता बुझाँए भन्ने समेत उनलाई थाहा छैन् । लघुवित्तका कर्मचारीले ऋणीलाई दिनुपर्ने पासबुक समेत आफैले लिएर गएको प्रेमादेबीको भनाइ रहेको छ ।

लघुवित्तका कर्मचारी दिनकै घरमा आएर ऋण तिरेन भने तेरो नागकिरता खारेज हुन्छ ,छोरा छोरीको नागरिकता बन्दैन् ,विद्यालयमा पढन पाउँदैन,पत्रिकामा तीन पुस्ताको नाम छापिन्छ भन्दै तर्साउने गरेको उनको गुनासो छ । पहिला सबै लघुवित्तका कर्मचारी आएर समुह बनाएर ऋण लिन उकासेको र अहिले आएर घरमा बस्नै नदिने अवस्थामा पु¥याएको उनको भनाइ रहेको छ ।

गाँउमा नयाँ मान्छे आयोकी वारी तिर लुक्छीन् सिता

चन्द्रपुर नगरपालिका वडानं ५ नहर टोलकै सिता देवी दास गाँउमा कसैले मोटर साईकल रोक्यो भने छिमेकीको घर पस्छीन नत्र खेत तीर कुदने गरेकी छिन् ।

३६ बर्षकी दास ८ वटा बिभिन्न लघुवित्तबाट ऋण लिएकी छिन् । सोही ऋणको किस्ता माग्न लघुवित्तका कर्मचारी आँउने गरेकाछन् ।

गाँउमा नयाँ मान्छे आयो भने सिता हिजो आज यसरीनै लुक्ने गरेकी छिन् । बिगत ४ बर्ष देखी साउदीमा रहेका उनका श्रीमानले पनि यतीबेला पैसा पठाउन छाडेपछि उनी नयाँ मान्छे देख्योकी भाग्नु पर्ने अवस्थामा पुगेकी हुन ।

चन्द्रनिगाहपुरको देउराली चोकमा कस्मेटीकको पसल गरेर बसेकी सिला साहको चक्करमा परेर सिता यतीबेला नयाँ मान्छे देख्योकी लुक्न बाध्य हुने गरेकी हुन ।

उनले सहकारी लघुवित्तको ७ हजार ,नेशनल लघुवित्तको २० हजार ,बिजय लघुवित्ततर,७० हजार ,ज्योती लघुवित्तको १३ हजार ,निर्धन लघुवित्तको ५० हजार ,आशा लघुवित्तको ७० हजार ,समाता लघुवित्तको ४० हजार र स्वावलम्बन लघुवित्तको ७५ हजार तिर्नु छ ।

यी सबै लघुवित्तबाट उनले लिएको पैसा सिला साहलाई दिईन् । पहिला पहिला दुई चार किस्ता ती लघु वित्तको किस्ता सिला साहलेनै तिरीन । एक बर्ष पहिला आफ्नो कस्मेटीक पसल बेचेर सिला साह सम्पर्क बिहिन भएपछि आठ वटै लघुवित्तका कर्मचारी उनको घरमा पैसा उठाउन जान थाले ।

केही समय पहिला दुई बर्षमा साउदीबाट घर आएका उनका रामचन्द्र दासले नभएको ऋण टाउकोमा बोकाएको भन्दै सितालाई कुटपिट गरे । मैले कमाएको एक पैसा लघुवित्तको ऋण तिर्दिन भन्दै रामचन्द्र साउदी तिर लागेपछि सिताको समस्या सुरु भएको हो ।

सिलाको ईसारामा पैसा ऋण दिने लघुवित्तका कर्मचारी उनी बेपत्ता भएपछि यतीबेला सिताको घरमा आउने गरेकाछन् ।

श्रीमानले विदेशबाट पैसा पठाउन छाडेपछि ६ वटी छोरी र एउटा छोरा पाल्नका लागि आफु गाँउघरमा कमाउने जाने गरेकी छिन् ।

कमाएर छोरा छोरी पाल्नु की लघुवित्तको किस्ता तिर्नु उनलाई यतीबेला मर्नुन बाच्नुको अवस्था भएको छ । लघुवित्तको ऋणले उनलाई यसरी गाँज्यो कि त्यो पैसा तिर्न नसकेका कारण उनी गाँउमा नयाँ मान्छे देख्योकी लुक्ने गरेकी छिन् ।

८ वटा लघुवित्तको ऋणका कारण आफुलाई श्रीमानले छाड्ने अवस्था आएको उनले दुखेसो पोखिन । लघुवित्तबाट लिएको ऋणको ब्याज समयमा चुक्ता गर्न नसकेपछि लघुवित्तले ब्याज पनि सावाँमा जोड्ने गर्छ । यसरी छिटो–छिटो ब्याज समेत सावाँमा जोडिंदै गएपछि आफ्नो ऋण कति पुग्यो ऋणीलाई थाहा हुन छाड्छ । ‘ब्याज पनि सावाँमा जोड्यो भन्छन’ सिता भन्छिन्, ‘ऋण कति पुग्यो भन्ने थाहै छैन