पछिल्ला केही वर्षमा थुप्रै अभिनेत्रीले आफ्नो गर्भावस्थासँग सम्बन्धित अनुभव साझा गरेका छन् । कोहीले आफ्नो सुखद अनुभव बाँडे भने कतिले दुःखद । यस्तै एक खुलासा रानी मुखर्जीले पनि गरेकी छिन् । नायिकाले आफू दोस्रो पटक आमा बन्न लाग्दा पाँच महिनाको गर्भ तुहिएको जानकारी दिएकी छिन् । रानीले इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न २०२३ मा यसबारे बताएकी हुन् ।

रानी मुखर्जी आफ्नो निजी जीवनबारे कमै बोल्छिन् । तर हालै उनले आफ्नो निजी जीवनसँग सम्बन्धित एक दुःखद पल साझा गर्दै गर्भ तुहिँदा भोगेको पीडाबारे बोलेकी छिन् ।