थाइराइडबारे कतिपय द्विविधा छ, यो के हो
खासमा घाँटीमा हुने पुतली आकारको ग्रन्थी हो यो, जुन मानव शरीरका लागि महत्वपूर्ण छ । यसमा टी–३ र टी–४ भन्ने दुईवटा हर्मोन उत्पादन गर्छ । यी हर्मोनले शरीरमा मेटाबोलिज्म सन्तुलन राख्न, शरीरको बृद्धि विकास गर्न सहयोग गर्छ ।
त्यसो भए के भ्रम छ र सत्य के हो
1। भ्रम स् थाइरायइडको कारण शरीरमा देखिने गाँठो वा सुन्निएको छ भने त्यो थाइराइड क्यान्सर हो ।
तथ्य स् थाइराइड नोड्युलमा पाँच प्रतिशतमात्र क्यान्सर देखिनसक्छ । धेरैजसो गाँठोमा क्यान्सर हुँदैन ।
२। भ्रमः यदि थाइरोइडको समस्या छ भने, घाँटीमा गलगाँड विकास हुन्छ ।
तथ्यः थाइरोइड समस्या भएका धेरैजसो मान्छेलाई गलगाँडको विकास हुँदैन र आयोडिनयुक्त नुनको सर्वव्यापी आपूर्तिले गलगाँडको समस्या न्यून छ ।