रौतहट,१० मंसिर । चन्द्रपुर नगरपालिकाका मेयर संजय कुमार काफ्लेले नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाले चन्द्रनिगाहपुर सरकारी अस्पताल जस्तो संबेदनशिल ठाउको टावर लाईटको बत्ति काटेको भन्दै आपत्ति जनाएका छन् ।
नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाले कसैको उक्साहटमा लागेर अस्पताल जस्तो ठाउमा रहेको टावर लाईको बत्ति काटनु आपत्ति जनक भएको बताएका छन् । तराई एक्सप्रेससंग कुरा गर्दै चन्द्रपुरका मेयर काफ्लेले नगरपालिका भित्र गाडिएका बिजुली पोलको कर विद्युतले समयमा नतिरेमा त्यो समेत कुनै बेला आफुहरुले हटाउन बाध्य हुने बताए ।
नेपाल विद्युत प्राधिकरणले टावर लाईट चन्द्रपुर नगरपालिकामा मात्र बालेको देखेको छ । जिल्लाका अन्य पालिकामा बालेका टावर लाईट तथा सडक बत्तिको लाईत कतै काटिएको छैन् ,यहाँ मात्र चन्द्रपुरमा मात्र काटन कस्ले आदेश दियो ? मेयर काफ्लेले भने । अव आफुहरु समेत विद्युतको हर्कतको बिरोधमा लाग्ने उनको भनाइ रहेको छ ।
राज्यले चुरे क्षेत्र संरक्षणका लागि बार्षिक खर्बौ खर्च गरेको अवस्थामा चुरे फाँडेर बसेका बस्तिमा बिजुली बाल्ने नेपाल बिद्युत प्राधिकरणले सरकारी अस्पतालको अगाडि रहेको टावर लाईटको बिजुली काटेकोमा आफ्नो आपत्ति रहेको बताएकाछन् ।