गौर,१२ मंसिर । नेकपा एमाले जिल्ला कमिटी रौतहटको जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते हुने भएको छ। एमाले जिल्ला कमिटी रौतहटको सोमबार पार्टी कार्यालय गरुडामा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
बैठकले माघ १२ र १३ गते पार्टीको दशौँ जिल्ला अधिवेशन गर्ने निर्णय गर्नुका साथै पुस छ गते जिल्ला कमिटीको पूर्ण बैठक आयोजना गर्ने निर्णय भएको बैठकमा सहभागी प्रदेश कमिटी सदस्य रामजी साहले बताए।
त्यसैगरी नेकपा एमालेको झुलाघाट( चिवाभन्ज्यांग यात्रा सफल पार्न क्रियाशील हुने निर्णय बैठकले गरेको छ। नेकपा एमाले जिल्ला इन्चार्ज पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा एमाले केन्द्रीय सदस्यद्धय उद्धव रेग्मी, अजय गुप्ता, केन्द्रीय लेखा आयोग सदस्य राज किशोर यादव प्रदेश कमिटी सदस्यहरू बिना साह, हिरा खपाङ्गी गौरीशंकर जैसवाल जिल्ला अध्यक्ष सच्चिदानन्द साह लगायतको उपस्थिति रहेको जिल्ला प्रचार विभाग प्रमुख रुपेश पटेलले जानकारी दिए।