रौतहट,१२ मंसिर । रौतहटको चन्द्रनिगाहपुरमा उत्पादन हुने मुनड्रप्सक नामको पानी ण्ुणस्तरहिन भएको भएपनि त्यसलाई उत्पादनमा रोक लगाउने तर्फ चन्द्रपुर नगरपालिकाले कुनै चासो नदिएको उपभोक्ताहरुको भनाइ रहेको छ । चन्द्रनिगाहपुरमा मुनड्रप्सको पानीको बोतलहरुमा लेउ भेटिदा पनि सामान्य स्पष्टिकरण सोध्ने हिम्मत पनि चन्द्रपुर नगरपालिकाले नगरेको भन्दै यतीबेला सामाजिक संजालमा व्यापक आलोचना भएको छ । सो कंम्पनीले उत्पादन गरेको पानीको सिलप्याक बोतलमा पटक पटक अखाद्यय पदार्थ भेटिदा समेत चन्द्रपुर नगरपालिकाले सो कंम्पनीलाई कार्वाहीको दायरामा ल्याउन नसकेको पत्रकार अनमोल कार्कीको भनाइ रहेको छ ।