रौतहट,१४ मंसिर । बैंक र ब्याजको पैसा माग्नेको ताकेताका कारण रौतहटको चन्द्रनिगाहपुरका एक जग्गा ब्यावसायीले आत्मा हत्याको प्रयास गरेका छन । रौतहटको माधव नारायण नगरपालिका माधोपुर घर भएर चन्द्रनिगाहपुरमा जग्गाको कारोवार गर्ने ३८ बर्षका जगेन्द्र प्रसाद महतोले आज आफ्नै कोठामा पासो लगाएर आत्मा हत्याको प्रयास गरेका हुन । एनआईसी एशिया बैकबाट लिएको ऋण र अरुसंग सापट लिएको पैसा तिर्न पटक पटक ताकेता र धम्की आएपछि उनले बाध्य भएर आत्मा हत्याको प्रयास गरेको उनकी श्रीमती पुजनदेबीले बताइन । आत्मा हत्याको प्रयासबाट घाईते भएका महतोको चन्द्रपुर अस्पतालमा उपचार भईरहेको छ ।