रौतहट,१ पुस । जिल्लाका निजी तथा सामुदायीक विद्यालयको मनलाग्दी असुलीका कारण आँम अभिभावक मर्कामा परेकाछन् ।
रौतहटका निजी विद्यालयको मनपरी शुल्कको मार खेप्दै आएका अभिभावकहरुले पछिल्लो समय सरकारले निशुल्क शिक्षा दिने भनेको सामुदायीक विद्यालयबाट समेत ढाड सेकिनेगरी सुल्क तिर्नु परेको गुनासो आएको छ ।
जिल्लाको चन्द्रपुरमा रहेका निजी तथा सामुदायीक विद्यालयहरुले कक्षा ९ र १० को रजिष्ट्रेशन शुल्कका नाममा अभिभावकबाट मनलाग्दी शुल्क असुल्दै आएको भएपनि सम्बन्धीत निकायको ध्यान जान सकेको छैन ।
चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाले रजिष्ट्रेशन शुल्क वापत पाँच सय मात्र लिन पाँउने नियम बनाएको भएपनि यहाँका निजी तथा सामुदायीक विद्यालयहरुले एक हजार देखी १५ सय सम्म शुल्क लिदै आएको पाईएको छ ।
चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले रजिष्ट्रेशन शुल्क वापत पाँच सय मात्र दिन पाँउने बताएका छन् ।
उनले सो कुरा बताइरहेका बेला चन्द्रनिगाहपुरका निजी तथा सामुदायीक विद्यालयहरुले भने मनलाग्दी शुल्क अशुल्दा समेत चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाको ध्यान जान नसकेको अभिभावकहरुको गुनासो रहेको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका वाडनं ९ मा रहेको जनजागृती माध्यमिक विद्यालयले विद्यार्थीसंग बिभिन्न बाहना बनाएर रसिदै काटेर ५५ सय सम्म असुल गरेको रसिद सार्वजनिक हुँदा समेत चन्द्रपुर नगरपालिकाको शिक्षा शाखा कानमा तेल हालेर बसेको सिन्धुरेघारीका स्थानीय बासिन्दा गणेश तिमलसिनाले बताए ।
चन्द्रपुर नगरक्षेत्रमा रहेका प्याबसन अन्र्तगतका निजी विद्यालयहरुले समेत रजिष्ट्रेशन शुल्कको नाममा अभिभावकबाट मनलाग्दी शुल्क असुल्दा समेत कसैको ध्यान जान सकेको छैन ।
नेपालमा विद्यालय शिक्षा अनिवार्य तथा निःशुल्क छ । नेपालको संविधानले नै माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क हुनुपर्ने भनेको छ । त्यही अनुसार बनेको ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन, २०७५’ ले समेत कक्षा १२ सम्मको शिक्षा निःशुल्क भनेको छ ।
तर, विद्यालय शिक्षाका लागि नै विभिन्न बाहनामा शुल्क तिर्न विद्यार्थी र अभिभावक बाध्य छन् । यसरी लिने सहयोगलाई विद्यालयहरूले चलाखीपूर्ण तरिकाले शुल्क नभनेर चन्दा तथा सहयोग भनेका छन् । जबकी कानुनले विद्यार्थीलाई विद्यालयमा पढाएवापत कुनै पनि बाहनामा पैसा नलिन भनेको छ ।
विद्यालयहरूले भने विद्यार्थी तथा अभिभावकहरूबाट शुल्क नलिई विद्यालय नै सञ्चालन गर्न सकिने बताउँदै आएका छन् ।
सरकारले दरबन्दीअनुसार शिक्षक पदपूर्ति नगरिदिँदा, अन्य खर्च अनुसार बजेट नदिँदा र स्थानीय सरकारलाई शिक्षा आफ्नो जिम्मेवारीमा हो भन्ने ज्ञान नहुँदा समस्या भइरहेको पाँईन्छ । विद्यालयका विविध समस्या समाधानका लागि अभिभावकसँग छलफल गरेरै सहयोग लिने गरेको कतिपय विद्यालयका प्रधानाध्यकहरुको भनाइ छ । विद्यालयमा शिक्षक व्यवस्थापन, आवश्यक कर्मचारी, प्रशासन, लेखापाल कम्प्युटर ल्याब तथा विद्यालय विकासका लागि सहयोग लिने गरिएको छ ।