रौतहट,२ पुस । चन्द्रनिगाहपुर सरकारी अस्पतालको सुबिधा सम्पन्न नया भवन बन्ने भएको छ ।
चन्द्रपुरका मेयर संजय काफ्ले ले भवनको नक्सा सार्वजनिक गर्दै परिस्थितीले साथ दिए पुस महिना भित्र निमार्णको लागि ठेक्का सम्झौता हुने उल्लेख गरेका छन ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालले नागरीक लाई उचित सेवा दिन नसकेको गुनासो बर्षौ अघि देखि सेवाग्रहीले गर्दै आएका छन ।
अब बन्ने अस्पतालले धेरै किसिमको स्वास्थ्य सेवा दिन सक्ने बिश्वास गरिएको छ ।
सरकारी अस्पतालको भौतिक अवस्था राम्रो नहुदा उपचार सेवा समेत प्रभावित हुने गरेको थियो । समयमानै भवन बनेमा रौतहटका उत्तरी भेगका नागरीक स्वास्थ्य सेवा बाट लाभान्वित हुनेछन ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालमा भने जस्तो भवनको अभाव भएका कारण सेवामा समस्या भएका कारण आफुहरुले नयाँ भवनको लागि सक्दो प्रयास गरेको र सम्भवत यही महिना भित्र भवनको सम्झोता हुने मेयर काफ्लेको भनाइ रहेको छ ।