बागमती,२ पुस ।
रौतहटको बागमतीमा करेन्टबाट माछा मार्नेहरुको गिरोह नै लागी परेका छन । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ बागमती खोलामा करेन्टको प्रयोग गरि माछा मार्नेहरुको बिहानैदेखि हुलका हुल जाने गरेको स्थानियले बताएका छन । खोलामा बिहानैदेखि पिठ्युमा ब्याट्री र तार बोक्ने र अन्य दुइचार जना सँगै जाल थाप्नेको हुल खोलाभरि नै देखिने गरेको स्थानिय प्रत्यक्षदर्शी बताएका छन । करेन्ट लगाई माछ मार्दा अन्य जिवहरुको पनि मृत्यु हुने हुदा करेन्ट लगाएर माछा मार्नु अबैधानिक अपराधिक कार्यको रुपमा कानुनले तोको छ तर रौतहटको बागमतीमा बिहानैदेखि करेन्टद्धारा माछा मार्नेहरुको भिड हुदा समेत स्थानिय प्रशासनले बेवास्ता गरेको स्थानियले बताएका छन ।
करेन्टले सबैखाले माछा, अन्डा पार्ने बेलाका माछा र अन्डालाई समेत असर गर्ने बिज्ञहरु बताउछन । ‘खोलाका अन्य जलचरहरूलाई पनि ठूलो असर परेको छ । यसले समग्र इकोसिस्टममै असर पार्ने गर्छ । यो गैरकानुनी काम भएको जानकारहरुको भनाइ रहेको छ । ‘यी सब कुरा जान्दाजान्दै पनि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रम रोकिएको छैन ।’ अनुसन्धानले माछाका लागि करेन्ट लगाउँदा अन्य जलचरमा पनि ठूलो असर परेको देखाएको डिभिजन वन कार्यालय रौतहटका वन अधिकृतहरुको भनाइ रहेको छ ।