रौतहट ७ फागुन ।
स्वतन्त्रता सेनानी स्व. पुण्य प्रसाद दाहालको स्मृतिमा चन्द्रपुरमा बृहत् साहित्यिक गोष्ठी तथा सम्मान अर्पण कार्यक्रम–२०८० सम्पन्न भएको छ ।
आइतवार हिमालयन होटल, चन्द्रपुरमा नेपाल स्रष्टा समाज र साहित्य सञ्जाल रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिका ५ नं. वडा कार्यालयको सहयोगमा कार्यक्रमको आयोजना भएको हो ।चन्द्रपुर ५ का वडा अध्यक्ष तथा सो कार्यक्रमका सभाध्यक्ष निलहरी कोइराला ले कला साहित्य को संरक्षण र बिकासको लागि वडाले सक्दो प्रयास गरीरहेको बताएका छन ।
उनले भने “ कला,साहित्य पनि समाजको अभिन्न अङ्ग हो सवै मिलेर संरक्षण र प्रवर्धन गर्नु पर्छ ।“
प्रमुख अतिथी नगेन्द्र राज शर्मा ले वडाले यस्तो कार्यक्रम गरेको मा धन्यवाद दिदै साहित्य मार्फत समाज लाई सकारात्मक बाटो मा हिड्न प्रेरणा मिल्ने बताए ।
देशका विभिन्न जिल्ला झै रौतहट पनि नया तथा पुराना श्रष्टाहरुको मेहनतले अगाडि बढीरहेको भन्दै खुशी ब्यक्त गरेका छन ।
सो कार्यक्रमको संयोजक लक्ष्मी श्रेष्ठ रहेकी थिइन । कार्यक्रममा समाजमा विशेष योगदान पुर्याउने तीन जना लाई सम्मान गरिएको छ ।
सम्मानित हुनेमा पुर्व शिक्षक राम प्रित चौधरी , छविलाल घिमिरे लाई मरणोप्रान्त र अर्का सम्मानित हुनेमा हसिमा खातुन रहेका छन ।
कार्यक्रमका सहभागी लाइ स्वागत लेखक तथा साहित्यकार माधव काफ्ले गरेका थिए ।
चन्द्रपुर नगरपालिका वडानं ५ को आर्थिक सहयोगमा भएको सो कार्यक्रममा एक दर्जन बढी साहित्यकारहरुले आ आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।
चन्द्रपुर नगरपालिका वडानं ५ का वडा अध्यक्ष निलहरी कोईरालाको अध्यक्षतामा भएको सो कार्यक्रमा चन्द्रनिगाहपुरका समाजसेवी डाक्टर शालिग्राम शार्माद्धारा लिखित पुस्तकको बिमोचन समेत गरिएको थियो । चन्द्रनिगाहपुरमा अवका दिनमा यस्ता कार्यक्रमको आयोजना हुदै जाने बताईएको छ ।